बैशाख ०७, २०८१, शुक्रबार
               

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा पौडेल नियुक्त

नेपाल फ्ल्यास
साउन १२, २०७८

ADVERTISEMENT

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अर्थविद् डा.विश्व पौडेललाई नियुक्त भएका छन् । मंगलबार दिउँसो बसेको मन्त्रिपरिषदको बैठकले डा.पौडेललाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । 

पौडेलले युनिभर्सिटी अफ क्यालिफोर्निया बर्कलेबाट एग्रिकल्चर एण्ड रिसोर्स इकोनोमिक्समा विद्यावारिधि गरेका छन् । उनी यसअघि स्वर्णिम वाग्ले योजना आयोगको उपाध्यक्ष हुँदा सल्लाहकार थिए । 

पौडेल काठमाडौं विश्वविद्यालयअन्तर्गतको भिजिटिङ एशोसिएट प्रोफेसरका रूपमा कार्यरत थिए । उनी अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को आर्थिक सल्लाहकार रूपमा पनि काम गरेका छन् । त्यस्तै उनी युलेन्स एजुकेशन फाउन्डेशनका बोर्ड अफ ट्रष्टी मेम्बर पनि हुन् । यसअघि पौडेलले सानिमा बैंक लिमिटेडको निर्देशक, मिलेनियम च्यालेन्ज नेपालका अर्थशास्त्रीको रूपमा समेत काम गरेका थिए ।

त्यसैगरी डा. रामकुमार फुयाल र डा. दिलबहादुर गुरुङलाई पनि आयोग सदस्यमा नियुक्त गरिएको छ । 


कस्तो लाग्यो ?

यो पनि