चैत १६, २०८०, शुक्रबार
               

१० दिन निषेधाज्ञा थप : यस्ता छन् निषेध गरिएका गतिविधिहरू

नेपाल फ्ल्यास
साउन १०, २०७८

ADVERTISEMENT

काठमाडौं उपत्यकामा थप १० दिन निषेधाज्ञा थप गरिएकाे छ ।

निषेध गरिएका गतिविधिहरू:
१) सबै प्रकारका सभा, सम्मेलन, पार्टी प्यालेस, सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर, क्लब, स्वीमिङ पुल,
मनोरञ्जन स्थल, संग्रहालय, रंगशालामा हुने दर्शक सहितको खेलकुद र मानिसहरूको भिडभाड हुने अन्य कार्यक्रम संचालन गर्न/ गराउन नपाउने । 

२) खुला स्थानमा मानिसहरू भेला जम्मा हुन, भिडभाड गर्न, सभा जुलुस, जात्रा, महोत्सव, भोज भतेर आदि गर्न/ गराउन नपाउने। 

३) पूजारीबाट हुने नित्य पूजाबाहेकका अन्य धार्मिक तथा सांस्कृतिक गतिविधिहरू संचालन गर्न नपाउने। 

४) शैक्षिक संस्थाहरू (विद्यालय, कलेज, ट्यूसन सेन्टर, कोचिङ्ग सेन्टर, तालिम केन्द्र) ले भौतिक उपस्थितिमा
पठन पाठन गर्न गराउन नपाउने। 

५) स्थानीय ढुवानी बिहान ९ बजेदेखि ११ बजेसम्म र अपरान्ह ४ बजेदेखि ७ बजेसम्म संचालन गर्न नपाउने। 

१) व्यवसाय संचालनको हकमा–
क) औषधी तथा स्वास्थ्य सामग्री सम्बन्धी पसल जुनसुकै समयमा निर्वाध रुपमा संचालन गर्ने। 
ख) बुदाँ नं. (१) क मा उल्लेख भएबाहेकका अन्य पसल तथा व्यवसायहरू साँझ ७:०० बजेसम्म संचालन गर्न पाइने। पसल तथा व्यवसाय संचालन गर्दा कम्तीमा २ मिटरको भौतिक दूरी कायम गर्ने, अनिवार्य रुपमा स्यानिटाइजर व्यवस्था गर्ने र स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने। यदि तोकेबमोजिम स्वास्थ्य मापदण्ड परिपालना नगरेको अनुगमनको क्रममा भेटिएमा पसल तथा व्यवसाय तत्काल बन्द गर्न सकिने।
ग) अत्यावश्यक वस्तुहरूको अनलाईन अर्डर, रेस्टुरेण्ट एवं फास्टफुड तथा अन्य अर्डरहरू टेक अवे वा होम डेलिभरी प्रयोजनका लागि काठमाडौं उपत्यकाभित्र साँझ ७:०० बजेसम्म संचालन गर्ने। 

२) सर्वसाधारणको आवतजावतको हकमाः 
क) घरबाट बाहिर निस्किँदा दुई व्यक्तिबीच कम्तीमा २ मिटरको भौतिक दूरी कायम राख्ने । अनिवार्य रुपले
मास्कको प्रयोग गर्ने। पटक-पटक साबुन पानीले हात धुने वा सेनिटाइजरको प्रयोग गर्ने। 

३) सवारी साधन संचालनको हकमाः 

क) काठमाडौं उपत्यकाभित्र संचालन हुने सार्वजनिक सवारी साधनहरू स्वीकृत सिट क्षमताअनुसार देहायका मापदण्ड पालना गर्ने गरी संचालन गर्ने। 
– कूल स्वीकृत सिट क्षमताभन्दा बढी यात्रु नराख्ने। 
– सबै यात्रुहरूले अनिवार्य रुपमा मास्क लगाउने।
– मास्क नलगाउने यात्रुलाई सवारी साधनमा प्रवेश गर्न नदिने। 
– चालक र सहचालकले अनिवार्य मास्क र भाइजर र पन्जा लगाउने
– सवारी साधनको ढोकामा स्यानिटाइजरको व्यवस्था हुनु पर्ने
– अनिवार्य रुपमा सवारी साधन दैनिक स्यानिटाइज गर्नु पर्ने। 

ख) सफा टेम्पो तथा निलो माइक्रोले बुदा नं. ३(क) लगायत देहायका मापदण्ड पालना गरी संचालन गर्ने। – पछाडि तेस्रो सिटमा ४/४ जनाको दरले ८ जना र चालक छेउमा १ जना गरी कूल ९ जना यात्रुभन्दा नबढाउने। सवारीको मध्य भागमा दुईतर्फी यात्रुहरू छुट्याउने गरी प्लास्टिकको छेकबार लगाउने। 

ग) उपत्यकाभित्र संचालन हुने निजी सवारी साधनका हकमा स्वास्थ्य मापदण्डको अनिवार्य रुपमा पालना गरी संचालन गर्ने। 

घ) मध्यम तथा लामो दूरीका सार्वजनिक सवारी साधन स्वास्थ्य मापदण्डको पूर्ण परिपालना गरी संचालन गर्ने। 
ङ) सार्वजनिक तथा निजी निर्माण कार्यको लागि निर्माण सामग्री ढुवानी बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालन गर्ने।

च) सवारी साधन प्रयोग गर्दा स्वास्थ्य मापदण्डको अनिवार्य रुपमा पालना गर्नुपर्ने । 

४) परीक्षा तथा अन्य विषयको हकमाः

क. विभिन्न निकायबाट सञ्चालन हुने सबै किसिमका लिखित तथा प्रयोगात्मक परीक्षाहरू देहाय बमोजिम शर्त पालना गर्ने गरी संचालन गर्ने । 
–परीक्षा संचालन हुने कुनै एक स्थान (Venue)हल तथा कोठाको आकार अनुसार २५ जनाभन्दा बढी
मानिसहरू भेला जम्मा नहुने गरी परीक्षा संचालन गर्ने। – परीक्षार्थीहरू हलमा प्रवेश गर्नु पूर्व र परीक्षा समाप्त भएपश्चात नेपाल सरकारले तोकेको मापदण्ड बमोजिमको भौतिक दूरी कायम हुने व्यवस्था मिलाउने ।
– एउटा Shift का सबै व्यक्तिहरू परीक्षास्थलबाट पूर्णरुपमा बाहिरिए पछि मात्र अर्को Shift सँग सम्बन्धित व्यक्तिहरू प्रवेश गर्न मिल्ने गरी फरक समय राख्ने ।
– परीक्षा संचालनका क्रममा जनस्वास्थ्यका मापदण्डहरूका अनिवार्य पालना गरी मास्क तथा सेनिटाइजरको उचित प्रयोग गर्नुका साथै प्रत्येक Shift मा परीक्षा हल अनिवार्यरुपमा स्यानिटाइज गर्ने। 

ख) गोष्ठी, तालिम, सेमिनार, बैठक, समीक्षा, प्रशिक्षणजस्ता क्रियाकलापहरू संचालन गर्दा भर्चुअल माध्यमबाट गर्ने। भौतिकरुपमा उपस्थित भइ गर्नैपर्ने भएमा बढीमा २५ जना मात्र सहभागी रहने गरी जनस्वास्थ्यका मापदण्डको पूर्ण परिपालना गर्ने गरी संचालन गर्ने। 

उल्लेखित आदेशको पालना गर्नु सबैको साझा कर्तव्य हुनेछ। यसको अवज्ञा गर्नेलाई कोभिड-१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ अनुसार कारवाही गरिनेछ।


कस्तो लाग्यो ?

यो पनि