असोज ०५, २०८१, शनिबार
               

आज पनि मौसमको ठूलै प्रभाव : कहाँ छ बढी जोखिम ?

नेपाल फ्ल्यास
साउन १०, २०७८

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (आइतबार) पनि देशभर मौसमको प्रभावबारे विवरण सार्वजनिक गरेको छ ।

महाशाखाका अनुसार आज बिहानैदेखि काठमाडौं उपत्यकालगायत अन्य केही जिल्लाहरुमा मौसम हल्का परिवर्तन भइ हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

बर्खा लागेसँगै नेपालमा मनसुन प्रवेश गरेपछि सुरुवातमै देशका विभिन्न ठाउँमा जनधनको क्षति भइसकेको छ । हिजो (शनिबार) साँझ पनि काडमाडौं उपत्यकालगायत केही जिल्लाहरुमा भारी वर्षा भएको थियो ।

त्यस्तै, आज दिउँसो पनि देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ र गण्डकी प्रदेशका एक–दुइ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

त्यसैगरी राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशका एक–दुइ स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 


कस्तो लाग्यो ?

यो पनि