असोज ०५, २०८१, शनिबार
               

जङ्गली च्याउ खाँदा बाबु-छोराको मृत्यु

नेपाल फ्ल्यास
साउन ०९, २०७८

ADVERTISEMENT

इलामको फाकफोकथुममा जङ्गली च्याउको तरकारी खाँदा बाबु–छोराको मृत्यु भएको छ। फाकफोकथुम–१ का ५१ वर्षीय लेखबहादुर लिम्बु र उनका छोरा १२ वर्षीय दिवस लिम्बुकाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ। 

प्रहरीका अनुसार गत साउन ३ गते घर नजिकैको जङ्गलबाट ल्याएको च्याउको तरकारी खाँदा बिरामी परेका दुबै जनालाई उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल भर्ना गरिएको थियो। 

उपचारकै क्रममा दुबै जनाको अस्पतालमा मृत्यु भएको हो जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर थापाले जानकारी दिए।


कस्तो लाग्यो ?

यो पनि