असोज ०५, २०८१, शनिबार
               

भक्तपुर नगरपालिकाले बालविवाह रोक्न समुदाय परिचालन गर्ने

नेपाल फ्ल्यास
साउन ०९, २०७८

ADVERTISEMENT

भक्तपुर नगरपालिकाले बालविवाह अन्त्य गर्न समुदाय नै परिचालन गर्ने भएको छ। नगरपालिकाले आज आयोजना गरेको बालविवाह अन्त्यका लागि समुदाय परिचालन विषयक अन्तर्क्रियामा सहभागीहरूले अहिले पनि बालविवाह नघटेकाले समुदाय नै परिचालन भएर जानुपर्ने बताएका हुन्।

कार्यक्रममा नेपाल मजदुर किसान पार्टी भक्तपुर नगर अध्यक्ष नारायणबहादुर दुवालले बालविवाह रोक्न सिङ्गो समुदाय परिचालन हुनुपर्ने बताए। अधिवक्ता अनिता जधारीले विसं २०७५ अगाडि १८ वर्षपछि मात्र बिहे गर्नेमा २०७५ पछि २० वर्षपछि मात्र बिहे गर्नुपर्ने प्रावधान नेपालको कानूनमै उल्लेख भएको बताइन् । 

उनले २० वर्ष अगाडि बिहे गर्दा जन्मने बच्चाको नागरिकता नपाउने, सामाजिक तथा कानूनी अधिकारबाट बञ्चित हुनुपर्नेजस्ता समस्या आइपर्ने बताइन्। उनले बालविवाह गरेमा दुवै पक्षले कानूनी सजाय पाउने बताउँदै कोभिड–१९ कै महामारीका कारण नयाँ प्रविधि अनलाइन कक्षाका कारणले विभिन्न सामाजिक सञ्जालको माध्यमबाट विभिन्न खालका असामान्य र अव्यवहारिक अश्लिल गतिविधि बढ्दै गरेको बताइन्। 

उनले सामाजिक सञ्जालको माध्यमबाट शारीरिक तथा मानसिक दुर्व्यवहारहरू बढेको, यौन दुर्व्यवहारको शिकार र परिवार र नजिक सम्बन्धभित्रकै व्यक्तिबाट यौन दुर्व्यवहार हुने गरेको बताइन् । कार्यक्रमका वक्ताहरूले वडा कार्यालयले समुदायलाई बालविवाह रोक्न परिचालन गर्नुपर्नेमा जोड दिए।


कस्तो लाग्यो ?

यो पनि