असोज ०५, २०८१, शनिबार
               

नेपालगञ्‍जमा लागूऔषध कारोबारस्थलमै प्रहरीको छापा

नेपाल फ्ल्यास
साउन ०९, २०७८

ADVERTISEMENT

भारतीय नागरिकले नेपालगञ्‍जमा कोठा भाडामा लिएर गर्दै आएको लागुऔषको कारोबारस्थलमा बाँके प्रहरीले छापा मारेको छ । नेपालगञ्‍ज उपमहनगरपालिका-१२ कोरियनपुरमा गएराति दुई भारतीय नागरिकसहित तीन व्यक्तिलाई ४३ ग्राम खैरो हिरोइनसहित प्रहरीले पक्राउ गरेपछि नेपालगञ्‍जमा भाडामा कोठा लिएर अवैध लागूऔषधको ठूलो कारोबार हुँदै आएको तथ्य फेला परेको हो । 

लागूऔषध ब्यूरो नेपालगञ्‍जले प्राप्त गरेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले शुक्रबार राति नेपालगञ्‍ज-१२ कोरियनपुरस्थित तीनतले घरबाट भारतको बहराइच जिल्ला कोतवाली नानपारा बाइपासका २८ वर्षीय सलमान खान, भारत लखनऊ कोतवाली घर भएका २८ वर्षीय मुस्तकिम र नेपालगञ्‍ज-११ टाँगास्टेशन निवासी २१ वर्षीय आजाद कबडियालाई सो ब्राउन सुगरसहित नियन्त्रणमा लिएको बाँकेका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए । 

उनका अनुसार छापा मार्दा कोठाबाट लागूऔषध तौल गर्ने डिजिटल तराजुसमेत बरामद भएको छ । पक्राउ परेका तीनै जनालाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयले थप अनुसन्धान सुरु गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि