बैशाख २०, २०८१, बिहीबार
               

कर्णाली नदीमा दाजु-बहिनी बेपत्ता

नेपाल फ्ल्यास
साउन ०९, २०७८

ADVERTISEMENT

बर्दिया । कर्णाली नदीमा डुबेर दुईजना बालबालिका बेपत्ता भएका छन् । 

बर्दियाको गेरुवा गाउँपालिका-६ का १२ वर्षीय सन्दीप विक र उनकी आठ वर्षीया बहिनी दिलमाया विक नुहाउन गएको बेला कर्णाली नदीमा बेपत्ता भएका हुन् । 

स्थानीय सैजना घाटमा नुहाउने क्रममा शुक्रबारदेखि उनीहरु बेपत्ता भएका इलाका प्रहरी कार्यालयका पाताभारले जनाएको छ । 

नदीमा बेपत्ता भएपछि शुक्रबार साँझसम्म र शनिबार बिहानैदेखि उनीहरुको खोजी भइरहेको छ ।

तर, अझै उनीहरुलाई फेला पार्न नसकिएको प्रहरीले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि