असोज ०५, २०८१, शनिबार
               

आजदेखि सञ्चालन भयो लामो दूरीका सार्वजनिक यातायात

नेपाल फ्ल्यास
साउन ०९, २०७८

ADVERTISEMENT

काठमाडौं । कोरोना भाइरस दोस्रो लहरको जोखिम रोकथाम तथा नियन्त्रण गर्न लागू गरिएको निषेधाज्ञा पछि थन्किएका लामो दूरीका सार्वजनिक यातायात आजदेखि सञ्चालन भएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौ‌ंले स्वास्थ्य मापदण्ड पुर्याएर सञ्चालन गर्ने निर्णय गरेपछि यातायात व्यवसायीले आजैदेखि लामो र मध्यम दूरीका सार्वजनिक यातायात सञ्चालनमा ल्याएका हुन् ।

विश्वविद्यालय र लोकसेवा आयोगका परीक्षालाई मध्यनगर गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले शुक्रबार सवारी लामो दूरीका सार्वजनिक सवारी साधन पनि सञ्चालन गर्ने सूचना जारी गरेको थियो ।

प्रशासनले यात्रुलाई अनिवार्य रुपमा काउन्टरबाट मात्र टिकट लिएर यात्रा गर्न अनुरोध गरेको छ भने यातायात व्यवसायीहरुलाई पनि स्वास्थ्य मापदण्ड पालना गराउन निर्देशन दिएको छ ।

तर, फेरि तेस्रो लहर कोरोना फैलनेबारे पनि स्यास्थ्य तथा जनसंख्या मन्त्रालयले सचेतना अपनाउन आग्रह गरिसकेको छ ।

यो पनि