जेठ ०६, २०८१, आइतबार
               

भरतपुर हत्या प्रकरण : साथीले हाने गोली, खाताबाट निकालेका थिए ९ लाख

नेपाल फ्ल्यास
साउन ०८, २०७८

ADVERTISEMENT

भरतपुर । चितवनको भरतपुर महानगरपालिका–१७ स्थित सिमलडाँडा खेत नहरमा मृत फेला परेका नेपाली सेनाका हवल्दार भरत गुरुङलाई उनकै साथीले गोली हानेर हत्या गरेको खुलेको छ ।

हत्या आरोपमा पक्राउ परेका अर्का सैनिक जवान गंगाधर ढकाललाई चितवन प्रहरीले शुक्रवार सार्वजनिक गरेको छ ।

हत्याअघि ढकालले भरत गुरुङको खाताबाट ९ लाख निकालेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी सुर्यबहादुर थापाले जानकारी दिए ।

‘आरोपीले मृतकको खाताबाट ९ लाख निकालेको देखिन्छ’ डिएसपी थापाले भने–‘आरोपीले एसएमजीले गोली हानेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।’

३६ वर्षीय भरत गुरुङ र ढकाल महेन्द्र दल गण राष्ट्रिय निकुञ्ज शिवपुरी, टोखामा कार्यरत थिए । गुरुङ ६ दिनको बिदा लिएर चितवन पुगेको थाहा भएको छ ।

धादिङको निलकण्ठ नगरपालिका घर भएका भरत गुरुङको शव बिहिबार विहान सिमलडाँडा खेत नहरमा फेला परेको थियो ।

चितवनको कालिका नगरपालिका–२१ पदमपुर घर भएका ढकाल  र गुरुङ काठमाडौंबाट सँगै चितवन गएको डिएसपी थापाले बताए ।

ठूलो हतियार (एसएमजी) उनले कसरी कसरी लगे भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

दिनभर चितवनमा सँगै घुमेका ढकालले बुधवार साँझ साथिको हत्या गरेर भागेका थिए ।

प्रहरीले उनलाई चनौलीबाट बिहिबार पक्राउ गरेर शुक्रवार सार्वजनिक गरेको छ । 


कस्तो लाग्यो ?

यो पनि