असोज ०५, २०८१, शनिबार
               

नेपाल प्रहरीका ९८ जना सईबाट इन्सपेक्टरमा बढुवा

नेपाल फ्ल्यास
साउन ०८, २०७८

ADVERTISEMENT

काठमाडौं । नेपाल प्रहरीका ९८ जना प्रहरी नायव निरीक्षक (सई) निरीक्षक (इन्सपेक्टर) मा बढुवा भएका छन् । बिहीबार (हिजो) बसेको बढुवा सिफारिस समितिको बैठकले ९८ जना सई इन्स्पेक्टरमा बढुवा भएका हुन् ।

इन्स्पेक्टरका रिक्त पदमध्ये ६० प्रतिशत पदमा बढुवा सिफारिस भएको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ  । प्रधान कार्यालयका अनुसार  नेपाल प्रहरीमा करिब १६ र १७ वर्ष पुराना सईको इन्स्पेक्टरमा बढुवा भएका हुन् ।

यसअघि गृह मन्त्रालयले नेपाल प्रहरीका सिनियर एसएसपी सौरभ राणालाई डीआईजी पदमा बढुवा गर्न सिफारिस गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 


कस्तो लाग्यो ?

यो पनि