असोज ०५, २०८१, शनिबार
               

यस्तो छ आज देशभरको मौसम

नेपाल फ्ल्यास
साउन ०८, २०७८

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (शुक्रबार) देशभर मौसमको प्रभावबारे विवरण सार्वजनिक गरेको छ ।

महाशाखाका अनुसार आज बिहानैदेखि काठमाडौं उपत्यकाका धेरै स्थानमा मौसम परिवर्तन भइ केही स्थानमा आकाश सफा देखिएको छ भने कुनै स्थानमा बदली भइ हल्का वर्षाको सम्भावना रहेको छ ।

साथै अन्य उपत्यका बाहिरका केही तराइ र पहाडी जिल्लामा पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । केही प्रदेशका उच्च तथा हिमाली जिल्लामा भने हावाहुरीसहित चट्याङको सम्भावना रहेको बताइएको छ ।

त्यस्ते, दिउँसो पनि देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, लुम्बिनि तथा बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदुरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि