असोज ०५, २०८१, शनिबार
               

चितवन निकुञ्जमा भाले गैँडा मृत फेला

नेपाल फ्ल्यास
साउन ०८, २०७८

ADVERTISEMENT

नवलपुर । चितवन राष्ट्रिय निकुञ्जमा भाले गैँडा मृत फेला परेको छ । निकुञ्जको धुधौरा क्षेत्रमा बिहीबार अन्दाजी २५–३० वर्षको भाले गैँडा मृत फेला परेको निकुञ्जले जनाएको छ । 

निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार दुई वटा भाले गैँडा एकआपसमा जुधेर उक्त घटना भएको निकुञ्जको अनुमान छ ।

मृत्यु भएको गैँडाको खाग र खुर सुरक्षित रहेको अधिकारीले बताए । योसँगै चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्ष २०७८७९ मा तीन वटा भाले गैँडाको मृत्यु भएको छ ।


कस्तो लाग्यो ?

यो पनि