असोज ०५, २०८१, शनिबार
               

जुवाको खालबाट महिलासहित १२ जना पक्राउ

नेपाल फ्ल्यास
साउन ०७, २०७८

ADVERTISEMENT

काठमाडौं । काठमाडौंको भोटेबहालबाट लाखौँ नगदसहित १२ जना जुवाडेलाई प्रहरीले बुधबार पक्राउ गरेको छ ।

स्थानीय  दिनेशकुमार शेरचनको घरमा केही मानिसले अवैधरुपमा जुवातास खेलिरहेका छन् भन्ने सूचनाको आधारमा प्रहरीले खोजतलास गर्दा उनीहरुलाई पक्राउ गरिएको हो ।

महानगरीय वृत्त कालीमाटीबाट खटिएको प्रहरी टोलीले घरधनी शेरचनसहित दोलखा चरिकोटका हरिशरण थापा, भारतको रक्सौल घर भई काठमाडौं बस्ने राहुल गुप्ता, धादिङ गङ्गाजमुनाका सुमन अधिकारी, काभ्रेपलाञ्चोकका क्षेत्रबहादुर मोक्तान, काठमाडौं शान्तिनगरका ज्योतिप्रकाश श्रेष्ठ, काठमाडौं जैसीदेवलकी रञ्जना प्रधान, बागलुङकी सिर्जना खत्री, धादिङ मलेखुकी सरिता मल्ल गुरुङ, काभ्रेपलाञ्चोकका लक्ष्मी बानियाँ, झापा हल्दीबारीकी चिना नेम्वाङ र भारत गुजरातका पुष्पा अलीलाई पक्राउ गरिएको छ ।

उनीहरुको साथबाट तीन लाख रुपैयाँ नगद, तीन लाख ७० हजार रुपैयाँ बराबरको चेक र २१ बुक तास बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए ।


कस्तो लाग्यो ?

यो पनि