बैशाख २१, २०८१, शुक्रबार
               

विदेशबाट आएका दुई युवा मित्रपार्कमा लुटिए

नेपाल फ्ल्यास
साउन ०५, २०७८

सांकेतिक तस्विर
ADVERTISEMENT

काठमाडौंको मित्रपार्कमा दुई युवा लुटिएका छन् । विदेशबाट सुन लिएर आएका दुई जना लुटिएका हुन् ।

सोमबार राति ९ बजेतिर तीन जनाको समूहले झापाका मातृका चौलागाईं र नवलपरासी घर भएका विजय पुलामी मगरलाई लुटपाट गरेको प्रहरीले जनाएको छ ।

एयरपोर्टबाट मातृका र विजय चढेको ट्याक्सीलाई पछ्याएर तीन जनाको समूहले सुन लुटेर भागेको पीडितले बताएका छन् ।लुटेराहरुले विदेशबाट ल्याएको एक सय ग्राम तौल बराबरको दुई ओटा बाला लुटेर भागेको प्रहरीले जनाएको छ ।

मित्रपार्कमा ट्याक्सीबाट ओर्लने क्रममा उनीहरू लुटिएका हुन् । 

पीडितका अनुसार, लुटेराहरु केटिएम ड्यूक मोटरसाइकलमा आएका थिए ।

चौलागाईं र पुलामी चढेको बा १ ज ३५९० नम्बरको ट्याक्सीलाई महानगरीय प्रहरी वृत्त गौशालाको टोलीले नियन्त्रणमा लिएको छ । 

मातृका र विजय कतारको दोहाबाट हिमालय एयरलाइन्स मार्फत काठमाडौं आएका थिए ।

लुटपाटमा संलग्न व्यक्तिहरूबारे अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश बस्नेतले बताए ।


कस्तो लाग्यो ?

यो पनि