असोज ०५, २०८१, शनिबार
               

गोठमा आगलागी हुँदा जलेर चार वर्षीया बालिकाको मृत्यु

नेपाल फ्ल्यास
साउन ०४, २०७८

ADVERTISEMENT

ओखलढुङ्गा । आगोले जलेर एक बालिकाको मृत्यु भएको छ । मानेभज्याङ गाउँपालिका–६ मा शनिबार आगलागी हुँदा सिन्धुलीको फिक्कल–५ की चार वर्षीया बालिका धनकुमारी खड्काको जलेर ज्यान गएको हो ।

स्थानीय भक्ती शरी राईको गाई गोठमा आगलागी हुँदा सिन्धुलीको फिक्कल गाउँपालिकाबाट माइती घर आएकी समिता राई खड्काकी छोरी धनकुमारीको जलेर मृत्यु भएको जिल्ला प्रहरी प्रमुख गोविन्दराज काफ्लेले जानकारी दिए । बालिकासँगै गोठभित्र रहेका दुई गाई र चार बाख्रा जेलेर मरेका छन् । 

गाईको गोठभित्र खेलिरहेकी बालिकाले लाइटर खेलाउँदा गोठमा आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि