असोज ०५, २०८१, शनिबार
               

प्रदेश २ का नवनियुक्त मन्त्री र राज्यमन्त्रीले लिए शपथ

नेपाल फ्ल्यास
साउन ०२, २०७८

ADVERTISEMENT

प्रदेश २ का नवनियुक्त मन्त्री र राज्यमन्त्रीले शपथ लिएका छन्।

मुख्यमन्त्री लालबाबु राउतले नेकपा माओवादी केन्द्रलाई सरकारमा सामेल गरेर मन्त्रिमण्डल विस्तार गरेपछि नवनियुक्त आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साह प्रदेश प्रमुख राजेश झाबाट र राज्यमन्त्री रुविकुमारी कर्ण मुख्यमन्त्री लालबाबु राउतबाट पद तथा गोपनीयताको शपथ लिएका हुन्।

यसअघि शनिबार नै आन्तरिक मामिला तथा सञ्चारमन्त्री ज्ञानेन्द्रकुमार यादव र राज्यमन्त्री सरोजसिंह कुशवाहाले राजीनामा दिएका थिए।
मुख्यमन्त्री लालबाबु राउतले उहाँहरुको राजीनामा स्वीकृत गरी दुवै जनालाई आजै बिदाइ गरेको मुख्यमन्त्री सञ्चार सचिवालयले जनाएको छ ।

सरकारमा नेकपा माओवादी केन्द्रलाई सहभागी गराउनका लागि मार्ग प्रशस्त गर्न दुवै जनाले राजीनामा दिएको बताइएको छ । 


कस्तो लाग्यो ?

यो पनि