बैशाख १४, २०८१, शुक्रबार
               

महान्यायाधिवक्तामा खम्मबहादुर खाती नियुक्त

नेपाल फ्ल्यास
असार ३१, २०७८

ADVERTISEMENT

महान्यायाधिवक्तामा खम्मबहादुर खाती नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाका सिफारिसमा  खम्मबहादुर खातीलाई नेपालका महान्यायाधिवक्तामा नियुक्त गरेकी हुन् ।

अधिवक्ता खम्मबहादुर खातीलाई महान्यायाधिवक्तामा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ । खातीलाई नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम नियुक्त गरिएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिएका छन् ।

प्रधानमन्त्री केपी ओली सरकारबाट बाहिरिएपछि यसअघिका महान्यायाधिवक्ता रमेश बडालले पदबाट राजीनामा दिएका थिए । 


कस्तो लाग्यो ?

यो पनि