असोज ०५, २०८१, शनिबार
               

उपत्यकाको तीन जिल्ला सिडिओहरुको बैठक बस्दै, लामो दुरीका सवारी सञ्चालनबारे छलफल

नेपाल फ्ल्यास
असार ३१, २०७८

ADVERTISEMENT

काठमाडौं । आज काठमाडौं उपत्यकाको तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) को बैठक बस्ने भएको छ । निषेधाज्ञाबारे छलफल गर्न काठमाडौं, भक्तपुर र ललितपुरका सिडिओहरुको बैठक आज बस्न लागेको हो ।

उक्त बैठक आज दिउँसो चार बजे बस्ने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए । काठमाडौं उपत्यकामा गत वैशाख १६ गतेदेखि लागू गरिएको निषेधाज्ञाको अवधि आज राति १२ बजेपछि सकिँदैछ ।

बैठकमा लामो दुरीका सार्वजनिक यातायातका साधन सञ्चालनको विषयमा पनि छलफल हुने उनको भनाइ छ । साथै लामो दूरीका सार्वजनिक सवारीलाई जोरबिजोर प्रणाली लागू गर्ने विषयमा पनि छलफल हुने बताइएको छ ।

स्वास्थ्य मापदण्ड अपनाएर लामो दुरीका सवारीसाधन जोरबिजोर प्रणालीको आधारमा चलाउन दिनेबारे प्रजिअहरुबीच छलफल भइरहेको छ ।

काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक यातायातका साधनमा यसअघि लगाइएको जोरबिजोर प्रणालीको नियम हटाइसकिएको छ भने बाहिरबाट आउने लामो तथा छोटो दुरीका सार्वजनिक यातायातलाई पासको व्यवस्था गरी उपत्यकामा भित्रिन दिइएको छ ।


कस्तो लाग्यो ?

यो पनि