असोज ०५, २०८१, शनिबार
               

पानीमा भिज्दै ७ घण्टादेखि लाइन बसेका पत्रकारको खोप लगाउने पालो आएन

नेपाल फ्ल्यास
असार ३०, २०७८

ADVERTISEMENT

काठमाडौंको बम्बुस्थित सशस्त्र प्रहरी अस्पताल कोरोना भाइरसविरुद्धको खोप लगाउन पत्रकारको भीड लागेको छ । बुधबार बिहान ११ बजेदेखि खोप लगाउन बसेका पत्रकारको पालो आएको छैन ।

मङ्गलवार, बुधबार र विहीबार तीन दिन पत्रकारलाई चिनियाँ कम्पनी सिनोफार्मले उत्पादन गरेको कोरोना खोप ‘भेरोसेल’ लगाउन भनिएपछि पत्रकारको लाइन लागेको छ ।

आफूहरू बिहान ११ बजेदेखि झरीको सामना गर्दै लाइनमा बसे पनि अहिलेसम्म पालो नआएको पत्रकारहरूले गुनासो गरेका छन् ।

खोप लगाउन ढिला सुरु गरिएको र अस्पतालको अव्यवस्थित तयारीका कारण आफूहरूले दुख पाएको पत्रकारहरू बताउँछन् । पत्रकारको लाइन अनुसार अस्पतालमा पर्याप्त नभएकाले बाहिरबाट ल्याउँदै लगाउँदै गरिएकाले ढिला भएको अस्पतालले जनाएको छ । 

सर्वोच्च अदालतले अग्रपंक्तिमा रही समाचार सङ्कलन गर्ने पत्रकारहरूलाई प्राथमिकता दिएर कोरोना भाइरस (कोभिड– १९) विरुद्धको खोप लगाउने व्यवस्था मिलाउनसरकारका नाममा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको थियो । त्यसपछि सरकारले पत्रकारलार्ई पनि कोरोना खोपलगाउनेमा प्राथमिकतामा राखेको हो ।

अधिवक्ता लिलानाथ घिमिरेले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश कुमार चुडालको एकल इजलासले समाचार संकलनका क्रममा जनसम्पर्कमा जानुपर्ने भएकाले पत्रकारलाई कोरोना सङ्क्रमण विरुद्धको खोपको व्यवस्था मिलाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो ।

’पत्रकारहरूको पेसागत प्रकृति र परिस्थिति जनसमुदाय वा समूहमा पुग्नुपर्ने वा जनसम्पर्कमा हुनुपर्ने भएकोले पत्रकारको कार्य प्रकृतिको विशेष परिस्थितिलाई समेत मध्यनजर गरी अग्र पङ्क्तिमा रही समाचार सङ्कलन गर्ने पत्रकारहरूलाई प्राथमिकता प्रदान गरी कोभिड विरुद्धको खोप लगाउने आवश्यक व्यवस्था मिलाउनू,’ सर्वोच्च अदालतले जारी गरेको आदेशमा लेखिएको छ । नेपालमा माघ १४ गतेदेखि कोरोना खोप लगाउन सुरु गरिएको हो ।


कस्तो लाग्यो ?

यो पनि