असोज ०५, २०८१, शनिबार
               

सार्वजनिक सवारीसाधनमा बढ्यो भाडा

नेपाल फ्ल्यास
असार ३०, २०७८

ADVERTISEMENT

काठमाडौं । अन्तरप्रदेश सञ्चालन हुने लामो दूरीका सार्वजनिक सवारीसाधनको भाडा बढ्ने भएको छ । 

यातायात मजदुरको पारिश्रमिक, पेट्रोलियम पदार्थको मूल्य लगायतका पक्षहरूलाई ध्यानमा राख्दै यातायात व्यवस्था विभागले मूल्य समायोजन गरेको हो ।

दुई यो सोभन्दा बढी प्रदेशहरु भएर सञ्चालन हुने सार्वजनिक सवारीहरूको भाडा वृद्धि गर्न गत २७ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले (भाडा समायोजनका लागि) स्वीकृती दिएको थियो । त्यस अनुसार २९ असारमा यातायात व्यवस्था विभागले मूल्य बढाएको हो । 

यात्रुवाहक सवारीमा २८ प्रतिशत भाडा बढेको विभागद्वारा आज (बुधबार) जारी विज्ञप्तिमा उल्लेख छ ।

यस्तै, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा २० प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा २६ प्रतिशत भाडा बढाएको विभागले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि