जेठ ०५, २०८१, शनिबार
               

हत्या भएको एक महिनापछि सुजिताको शव फेला

नेपाल फ्ल्यास
असार २७, २०७८

ADVERTISEMENT

महोत्तरी । जेठ १९ गतेदेखि बेपत्ता भएकी महोत्तरीका सुजिता ठाकुरको शव फेला परेको छ । महोत्तरीको लोहरपट्टी नगरपालिका वडा नम्बर ७ स्थित भ्रमरपुराकी २६ वर्षीया सुजिताको शव भेटिएको हो । 

पेट्रोल पम्पको छेउमा रहेको शौचालयको हदबाट सुजिताको शव बरामद भएको महोत्तरी प्रहरीले जनाएको छ । शव २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर र महोत्तरी प्रहरीको संयुक्तरुपमा उत्खनन गरि फेला पारेको हो  ।

शव फेला परेको स्थानदेखि करिब एक किलोमिटरको दुरीमा रहेको खेतमा असार १३ गते उत्खनन गर्दा सुजिताले लगाएको लुगासहित शरिरका अवशेषहरु फेला फरेको थियो । 

सुजिताको हत्याको आरोपमा देवर रूपेश ठाकुर र श्रीमान मुकेश ठाकुरलाई प्रहरीले पक्राउ गरेको छ । 

महोत्तरी जिल्ला भमरपुरा गाउँमा ससुराली रहेको सुजिता ठाकुरको हत्या जेठ २० गते भएको थियो । सुजिताको हत्याबारे उनकै पाँच बर्षीय छोराले खुलाएपछि प्रहरीले खोज तलास शुरु गरेका थिए ।

सुजिताको हत्याको आरोप लागेका सासु, ससुरा पतिराम र देउरानी रोमालाई पक्राउ गरेको महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 


कस्तो लाग्यो ?

यो पनि