जेठ ०६, २०८१, आइतबार
               

अमेरिकाले उपलब्ध गराएको १५ लाख खोप सोमबार आइपुग्ने

नेपाल फ्ल्यास
असार २६, २०७८

ADVERTISEMENT

काठमाडौं । अमेरिकाले कोभ्याक्स कार्यक्रममार्फत नेपाललाई उपलब्ध गराउन लागेको कोभिड–१९ विरुद्धको खोप आगामी सोमबार काठमाडौं आइपुग्ने भएको छ ।

अनुदानस्वरूप उपलब्ध गराउन लागेको कोरोनाविरुद्धको जोन्सन एण्ड जोन्सनको १५ लाख डोज खोप सोमबार बिहान काठमाडौं आइपुग्ने प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले जानकारी दिए ।

शनिबार दिउँसो फेसबुकमार्फत डा. भट्टराईले खोप उपलब्ध गराउन लागेको अमेरिकी सरकार र पहलकर्ताहरूलाई धन्यवाद दिए । साथै उनले थप खोप ल्याउने पहलमा सरकार निरन्तर लागिरहेको पनि जानकारी गराएका छन् । जोन्सन एण्ड जोन्सन एक डोज मात्र लगाए हुने खोप हो ।

उता, चीनबाट खरिद गरिएको भेरोसेल खोपको आठ लाख डोज शुक्रबार बिहान नेपाल आइपुगेको छ । सरकारले चीनको सिनोफार्म कम्पनीसँग ४० लाख डोज भेरोसेल खोप खरिदको सम्झौता गरे अनुसार पहिलो खेप खोप नेपाल आएको हो । नेपाल वायु सेवा निगमको वाइडबडी विमान बिहीबार साँझ खोप लिन बेइजिङ गएको थियो ।


कस्तो लाग्यो ?

यो पनि