जेठ ०५, २०८१, शनिबार
               

जेनीले किन गरिन् आत्महत्या ?

नेपाल फ्ल्यास
असार २४, २०७८

ADVERTISEMENT

काठमाडौं । नायिका जेनी कुँवरले आत्महत्या गरेकी छिन् । काठमाडौं थापागाउँस्थित आफू बस्ने सनराइज सिटी अपार्टमेन्टमा बिहीबार राती ८ बजे उनले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

अनुसन्धानका क्रममा जेनीले आत्महत्या गरेको खुलेको प्रहरीले जनाएको छ ।

‘जिन्दगानी’ नामक फिल्मबाट अभिनय यात्रा थालेकी कुँवरले मैदान, जीवनदाता, कानून, अभिमन्यू, विन्तिपत्र, मलाई माफ गरिदेऊलगायतका थुप्रै फिल्ममा अभिनय गरेकी छिन् । उनको पछिल्लो फिल्म हलचल थियो । लामो समय नयाँ दिल्लीमा बिताएकी जेनी त्त्यसयता नेपाली फिल्ममा व्यस्त थिइन् । 

पछिल्लो समय साधुको अवतारमा रहेकी जेनीले अधिकांश समय पशुपति मन्दिर परिसरमा बिताउँदै आएकी थिइन् । पशुपति परिसरमै प्रहरीसँग विवाद गरेर उनी सामाजिक सञ्जालमा भाइरल भएकी थिइन् । 

आत्महत्याको कारण

प्रहरीले जेनीको आत्महत्याको कारण डिप्रेसन भएको जनाएको छ । महानगरीय प्रहरी वृत्त बानेश्वरका इन्सपेक्टर (प्रहरी निरीक्षक) केशर न्यौपानेका अनुसार, प्रारम्भिक अनुसन्धानका क्रममा जेनीले डिप्रेसनको कारण आत्महत्या गरेको देखिन्छ ।

घटनापछि प्रहरीले कुवँरका श्रीमान मनबहादुरसँग सोधपुछ गरेको थियो । उनका श्रीमानले प्रहरीसमक्ष दिएको बयान अनुसार जेनी एकवर्षदेखि डिप्रेसनमा थिइन् र औषधि सेवन गरिरहेकी थिइन् । उनी ६ महिना विपश्यनामा समेत बसेकी थिइन् ।

पछिल्लो समय जेनीको मानसिक अवस्था कमजोर भएको थियो । जेनीले आत्महत्या गरेको समयमा आफू चाबहिलतिर कामले गएको मनबहादुरले प्रहरीसमक्ष बयान दिएका छन् ।

काठमाडौं बानेश्वरकी स्थायी बासिन्दा रहेकी ४६ वर्षीया जेनीका श्रीमान, एक छोरा र एक छोरी छिन् । 

वेब सिरिज बनाउने योजना

फिल्ममा नायिकाको प्रस्ताव आउन छाडेपछि उनले आफ्नै लगानीमा फिल्म बनाउने तयारी गरेकी थिइन् । 'जेनीले वेब सिरिज बनाउने योजना समेत बनाएको' उनकी साथी (फिल्म निर्देशक) सुचित्रा श्रेष्ठले बताएकी छिन् ।

पछिल्लो समय पशुपतिका सम्पदा संरक्षणको कुरा उठाउँदा जेनीलाई प्रहरीले हिरासतमा पनि राखेको थियो । तर, उनी चलचित्रकर्मीको रोहवरमा रिहा भइन् । यही विषयमा प्रहरीसँग उनको विवाद भएको थियो । 

काठमाडौं बानेश्वरस्थित ४ आनामा बनेको घर उनकै नाममा थियो र लकडाउनमा उनले उक्त घर निःशुल्क बस्नको लागि उपलब्ध गराएकी थिइन् ।


कस्तो लाग्यो ?

यो पनि