जेठ ०५, २०८१, शनिबार
               

फेसबुकमा विश्वास गर्दा कम्बोडियामा बिक्री

नेपाल फ्ल्यास
असार २४, २०७८

ADVERTISEMENT

फेसबुकबाट चिन्जान भएकाे एक पुरुषलाई विश्वास गर्दा एक महिला बेचिन पुगेका छन् । ती महिलालाई भारत हुँदै कम्बोडिया लगि बेचबिखन गर्ने कार्यमा संलग्न अभियोगमा धनकुटा सहिदभूमि गाउँपालिका-२ बस्ने ३७ वर्षीय किसान राईलाई प्रहरीले पक्राउ गरेको छ ।

राईले पीडितसँग फेसबुकबाट चिनजान गरी कन्स्ट्रक्सन तथा व्यापारको काममा ग्यारेन्टी रोजगार हुनेगरी कम्बोडिया पठाइदिन्छु भनी खाने बस्ने खर्च बाहेक नगद १ लाख रुपैयाँ मासिक कमाई हुन्छ भन्दै प्रलोभनमा पारेका थिए । उनले पीडितसँग नगद ४ लाख ५० हजार रुपैयाँ लिई भारत, म्यानमार, थाइल्याण्ड हुदै कम्बोडिया लगेर चिनियाँ नागरिकहरु बस्ने गरेको घरमा खाना बनाउने र घर सफा गर्ने भनी लगि झुक्याएर यौन दासीको रुपमा काम गर्ने गरी पीडितलाई बेचबिखन गरेको भन्ने जाहेरीको आधारमा उनलाई पक्राउ गरेकाे हाे ।

प्रहरी प्रधान कार्यालय मानव बेचबिखन अनुसन्धान व्यूरो बबरमहलबाट खटिएको प्रहरीले खोजी तथा अनुसन्धान गर्ने क्रममा उनकै घर ठेगानाबाट पक्राउ गरेको हो । साथै अभियुक्त राई समेतले अन्य ४५ जना नेपाली महिला तथा पुरुषलाई विभिन्न बाटो हुँदै अवैध रुपमा कम्बोडिया लगि अलपत्र पारेको सम्बन्धमा वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंमा समेत मुद्दा दर्ता भएको छ ।

प्रहरी प्रधान कार्याःयका अनुसार राई उपर जिल्ला अदालत काठमाडौंबाट म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको छ ।


कस्तो लाग्यो ?

यो पनि