जेठ ०५, २०८१, शनिबार
               

सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु

नेपाल फ्ल्यास
असार २४, २०७८

ADVERTISEMENT

मेची बहुमुखी क्याम्पस भद्रपुरका उपप्राध्यापक ५० वर्षीय ताराकान्त झाको सवारी दुर्घटनामा परी आज मृत्यु भएको छ । भद्रपुर नगरपालिका–८ स्थित भित्री सडकखण्डमा सवारी दुर्घटनामा परी घाइते भएका उनकाे न्यूरोमा उपचारका क्रममा आज मृत्यु भएको प्रहरीले जनाएको छ ।

क्याम्पस रसायन शास्त्र विभागका उपप्राध्यापक झा सवार मे२प २५२५ नंको मोटरसाइकलले भद्रपुरबाट चन्द्रगढीतर्फ जाँदै गर्दा सडकमा रोकी राखेको ना३ख ८५४२ नंकोे ट्रकलाई बुधबार राति ठक्कर दिँदा घाइते भएको थियो । 

त्यस्तै नारायणगढको पुल्चोकमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । नवलपुरको गैडाकोटबाट भरतपुरको चौबीसकोठीतर्फ आउँदै गरेको ना५ख ५८१६ नंको ट्रकले सोही दिशातर्फ जाँदै गरेको ना५९प ३४०४ नंको स्कुटरलाई आज ठक्कर दिँदा स्कुटर पछाडि सवार भरतपुर महानगरपालिका–१५ मङ्गलपुर निवासी ३० वर्षीय विष्णु दवाडीको मृत्यु भएको छ ।


कस्तो लाग्यो ?

यो पनि