जेठ ०५, २०८१, शनिबार
               

बालक हत्या अभियोगमा २२ किशोरी पक्राउ

नेपाल फ्ल्यास
असार २४, २०७८

ADVERTISEMENT

कैलालीको टीकापुरमा मृत फेला परेका साढे तीन वर्षीय नाबालक विवेक बिष्टको हत्या आरोपमा प्रहरीले दुई किशोरीलाई पक्राउ गरेको छ। उनकै दिदी नाता पर्ने १५ वर्षीया किशोरी र उनकी साथीलाई प्रहरीले पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय टीकापुरमा पत्रकार सम्मेलन गर्दै हत्या आरोपमा दुई किशोरीलाई पक्राउ गरिएको जानकारी दिइएको हो। प्रहरीका अनुसार दिदी नाता पर्ने युवतीले जमरा कुलोमा धक्का दिएर विवेकको हत्या गरेको स्वीकारेकी छन्। विवेकले लगाएको बाला ति युवतीको साथीसँग फेला परेकोले उनलाई पनि पक्राउ गरिएको छ।

प्रहरीका अनुसार ति किशोरीले पारिवारिक रिसिबीका कारण हत्याको योजना बनाएकी थिइन्। सोमबार ११ बजेदेखि वेपत्ता भएका बालकको बुधवार जमरा कुलोको किनारमा शव फेला परेको थियो। 


कस्तो लाग्यो ?

यो पनि