बैशाख २५, २०८१, मंगलबार
               

इन्धनको मूल्य वृद्धि फिर्ता लिन पाँच विद्यार्थी संगठनको माग

नेपाल फ्ल्यास
असार २४, २०७८

ADVERTISEMENT

काठमाडौं । विपक्षी गठबन्धनसम्वद्ध पाँच विद्यार्थी संगठनले पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन माग गरेका छन् । नेपाल आयल निगमको कार्यालयमा उनीहरूले मूल्य वृद्धि फिर्ता नलिए कडा आन्दोलमा उत्रने चेतावानीसमेत दिएका छन् ।

कोरोना महामारी र बन्दाबन्दीको कारण उपभोक्ताको जनजीवन कष्टकर भएको अवस्थामा अत्यावश्यकीय उपभोग्य वस्तुमा मूल्यवृद्धि हुनु अत्यन्तै आपत्तिजनक भएको उनीहरूको टिप्पणी छ ।

विद्यार्थी संगठनको ज्ञापनपत्रमा भनिएको छ,’जनतालाई राहत र सहुलियतको जरुरत रहेको अवस्थामा थप पीडा र आहत दिने यो मुल्यवृद्धि घोर जनविरोधी र घातक रहेको छ । ‘

विगतमा दुई रङ्गको ग्यास सिलिण्डर वनाई विद्यार्थीलाई परिचयपत्रको आधारमा सहुलियत दरमा एलपी ग्यास उपलब्ध गराउने गरी विद्यार्थी आन्दोलन र नेपाल आयल निगमबीच भएको सहमति कार्यान्वयन गर्ने प्रक्रिया तत्काल अघि बढाउन पनि उनीहरूले माग गरेका छन् ।


कस्तो लाग्यो ?

यो पनि