बैशाख २०, २०८१, बिहीबार
               

प्रहरी जवान २३ दिनदेखि बेपत्ता

नेपाल फ्ल्यास
असार २३, २०७८

ADVERTISEMENT

गोरखा । गोरखामा कार्यरत एक प्रहरी जवान २३ दिनदेखि बेपत्ता भएका छन् ।

गोरखाको सामागाउँ प्रहरीचौकीमा कार्यरत प्रहरी जवान मोहनसिंह कुँवर २३ दिनदेखि बेपत्ता भएका हुन् ।

घर बिदामा गएर प्रहरीचौकी फर्किने क्रममा उनी असार १ गतेदेखि सम्पर्कविहीन भएको गोरखाका प्रहरी प्रमुख एसपी शेखर खनालले जानकारी दिए । उनको खोजीका लागि प्रहरी निरीक्षकको कमाण्डमा टोली परिचालन गरिएको छ । 

एसपी खनालका अनुसार कञ्चनपुरको बेदकोट नगरपालिका–२ का कुँवर गोरखा सदरमुकामबाट साथीहरुसँग मोटरसाइकलमा कार्यक्षेत्र फर्किएका थिए । तर उनी कार्यक्षेत्रमा नपुगेपछि प्रहरी चौकी इन्चार्जले खबर गरेको र अहिलेसम्म उनको अवस्थाबारे पत्ता लाग्न नसकेको खनालले बताए ।

चुमनुव्री गाउँपालिकास्थित सामागाउँ प्रहरी चौकीमा कार्यरत कुँवर धार्चे गाउँपालिकाको तातोपानी क्षेत्रसम्म मोटरसाइकलमा गएको र त्यहाँबाट पैदल एक्लै बाटो लागेको उनलाई त्यहाँ छाडेका साथीले बताएका छन् ।

त्यस क्षेत्रका अन्य प्रहरी चौकीमा पनि सोधखोज गर्दा पत्ता लाग्न नसकेको एसपी खनालले बताए ।

यो पनि