असोज ०६, २०८१, आइतबार
               

वर्षाले तनहुँको व्यास नगरपालिकाका ५५ घरमा क्षति

नेपाल फ्ल्यास
असार २३, २०७८

ADVERTISEMENT

दमौली । केही दिन अगाडि आएको वर्षाले तनहुँको व्यास नगरपालिका भित्रका ५५ घरमा क्षति पुर्याएको छ । निरन्तरको वर्षासँगै आएको बाढीपहिराले नगर क्षेत्र भित्रका ५५ घरमा क्षति पुगेको हो । 

वर्षाले कयौँ वस्तुभाउ, कुला, बाटाहरू क्षतिग्रस्त भएका छन् भने बुद्धसिंमार्गअन्तर्गत छाब्दीखोलामा पुल भत्किएको नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए । त्यस्तै व्यास–९ माझफाँटमा खोलाले बगाएर ७३ वर्षीय नरबहादुर विष्ट बेपत्ता भएका छन् । 

नगरपालिकाले वर्षा पीडित परिवारलाई राहत दिने निर्णय गरेको छ । साथै अवरुद्ध बाटाहरु खुलाउने, अन्य तत्काल मर्मतसम्भार गर्न सकिने कुला मर्मत गरिने भएको छ भने छाब्दीखोलाको बुद्धसिंमार्गमा पुलको वैकल्पिक व्यवस्था मिलाउने निर्णयसमेत भएको श्रेष्ठले बताए । 


कस्तो लाग्यो ?

यो पनि