बैशाख १६, २०८१, आइतबार
               

जोरबिजोर हटेर काठमाडौं उपत्यकामा आजदेखि सबै सवारीसाधन चल्न सुरु

नेपाल फ्ल्यास
असार २२, २०७८

ADVERTISEMENT

काठमाडौं । कोरोना भाइरसको महामारी रोकथामका लागि मापदण्ड अनुसार सवारीसाधनमा लगाइएको काठमाडौं उपत्यकामा जोरबिजोर प्रणाली हटेर आजदेखि पुनः निजी तथा सार्वजनिक सवारी चल्न सुरु भएको छ । 

गत आइतबार काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले आजदेखि १० दिन निषेधाज्ञा लागू गर्दै जोरबिजोर प्रणाली हटाएको हो । 

जोरबिजोर प्रणाली हटेपछि काठमाडौं उपत्यकाका सडकमा सवारी साधनको बाक्लो भीड लाग्न थालेको छ । सबै सवारी साधन स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर सञ्चालन गर्नुपर्ने प्रशासनले  जनाएको छ । 

सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न पाइने छैन । सफा टेम्पो, निलो माइक्रोसहित सबै प्रकारका सार्वजनिक सवारी सञ्चालन गर्न दिइएको छ । 

टेम्पो र निलो माइक्रोले तेस्रो सिटमा चार–चार जनाका दरले ८ जना र चालक छेउमा एक जना गरी ९ जना यात्रु भन्दा धेरै बोक्न पाइने छैन । सवारीको मध्य भागमा दुईतर्फी यात्रुहरु छुट्याउने गरी प्लास्टिकको छेकबार लगाउनु पर्नेछ । 

अब अनुमति लिएर काठमाडौं उपत्यकाभित्र प्रवेश गर्न पनि पाइने प्रशासनले जनाएको छ ।   


कस्तो लाग्यो ?

यो पनि