मंसिर ०१, २०८१, शनिबार
               

विघटनविरुद्धको रिटमा जवाफी बहस निरन्तर

नेपाल फ्ल्यास
असार २१, २०७८

ADVERTISEMENT

प्रतिनिधिसभा विघटन विरुद्ध परेको रिटमा संवैधानिक इजलासमा निवेदक पक्षका कानुन व्यवसायीको जवाफी बहस सोमबार पनि जारी छ । काँग्रेस सभापति शेर बहादुर देउवासहित १ सय ४६ जना सांसदहरुको तर्फबाट वरिष्ठ अधिवक्ता हरिहर दाहालले जवाफ दिन थालेका छन् । 

जवाफ दिनका लागि संवैधानिक इजलासले छुट्याएको समयमध्ये २ घण्टा दुई मिनेट बाँकि छ । सो समयभित्र निवेदक तर्फबाट बरिष्ठ अधिवक्ताहरू हरिहर दाहाल, बद्री बहादुर कार्की, कृष्ण प्रसाद भण्डारी र शम्भु थापाले जवाफ दिनेछन् । 

प्रतिनिधिसभा विघटन मुद्दाको सुनुवाई गर्ने बेन्चमा प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीश दीपक कुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराई  छन् ।

निवेदकका तर्फबाट जवाफी बहस सकिएपछि एमिकस क्युरीले स्वतन्त्र राय दिनेछन् । सर्वोच्च अदालत बार र नेपाल बारबाट दुई–दुईजना एमिकस क्युरी छनोट भएका छन् । 

एमिकस क्युरीमा सर्वोच्च अदालत बार एसोसिएसनबाट बरिष्ठ अधिवक्ता कोमल प्रकाश घिमिरे र प्रकाश बहादुर केसी छन् । नेपाल बारबाट वरिष्ठ अधिवक्ता राघवलाल वैद्य र उषा मल्ल पाठकले एमिकस क्युरीमा प्रतिनिधित्व गरेका छन् ।


कस्तो लाग्यो ?

यो पनि