जेठ ०४, २०८१, शुक्रबार
               

सरस्वती प्रधान र शिक्षामन्त्री ​​​​​​​श्रेष्ठविरुद्ध सर्वाेच्चमा रिट

नेपाल फ्ल्यास
असार २०, २०७८

रिट निवेदक रुपा सुनार
ADVERTISEMENT

सञ्चारकर्मी रूपा सुनारले जातीय भेदभाव तथा छुवाछूत गरेको भन्दै काेठा नदिने घरधनी सरस्वती प्रधान र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेकी छन् । 

दलित भएकै कारण कोठा भाडामा नदिएको र पक्राउ परेकी प्रधानलाई प्रहरीबाट छुटाउन सरकारी गाडी लिएर गएका शिक्षा मन्त्रीले छुवाछूतलाई प्रशय दिएकाे भन्दै रूपा सुनुवारले आज सर्वोच्चमा मुद्दा दर्ता गरेकी हुन् ।

मुद्दामा जातीय भेदभाव तथा छुवाछूत गर्नेहरूलाई कारबाही तथा आफ्नो मौलिक हकको संरक्षणका लागि आदेश जारी गर्न माग गरिएको छ । यस्तै छुवाछूत गर्नेलाई संरक्षण गर्ने मन्त्री श्रेष्ठलाई पदबाट हटाएर जातीय छुवाछूत तथा अन्य सामाजिक भेदभाव ऐनअनुसार कारबाही गर्न रिटमार्फत माग गरिएको छ ।  

 

यो पनि