जेठ ०५, २०८१, शनिबार
               

सानेपामा भारतीय नागरिकको मृत्यु, हत्या आशंका

नेपाल फ्ल्यास
असार २०, २०७८

ADVERTISEMENT

सानेपास्थित गुसी टोलमा  एक पुरुषको शव फेला परेको छ । प्रहरीका अनुसार घरमै मृत भेटिएका ती पुरुष भारतीय नागरिक भएको पाइएको छ । 

घटनास्थलमा प्रहरी पुगिसेको महानगरीय प्रहरी परिसर ललितपुरकी एसएसपी किरण बज्राचार्यले जानकारी दिइन् ।

उनले भनिन् ‘दराज तोडफोड गरेको भेटिएको छ , ओछ्यानमा रगत भेटिएको छ, घटनास्थलमा तालिमप्राप्त कुकुर पनि परिचालन गरी अनुसन्धान भइरहेको छ ।’ घटनाको प्रकृति हेर्दा हत्या भएको अनुमान छ । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि