बैशाख २१, २०८१, शुक्रबार
               

साउनको अन्तिम साता कक्षा १२ को परीक्षा सुरु गर्ने बोर्डको तयारी

नेपाल फ्ल्यास
असार २०, २०७८

ADVERTISEMENT

काठमाडौं । कक्षा १२ को अन्तिम वार्षिक परीक्षा साउन अन्तिम साताबाट सुरु गर्न राष्ट्रिय परीक्षा बोर्डले प्रस्ताव गर्दै सरकारसँग अनुमति माग गरेको छ । 

परिक्षार्थीहरुको भवीष्यलाई ध्यानमा राखी भौतिक रूपमा नै परीक्षा सञ्चालन गर्ने उद्देश्यको साथ बोर्डले परीक्षाका लागि अनुमति मागिएको जनाएको छ ।

बोर्डका अध्यक्ष प्राध्यापक चन्द्रमणि पौडेलले परीक्षा सञ्चालनका लागि सरकारले अनुमति दिएलगत्तै आफूहरूले परीक्षाको प्रक्रिया अगाडि बढाउने बताए ।

अध्यक्ष पौडेलले लाखौँ विद्यार्थी सहभागी हुने परीक्षा भएका कारण अनलाइन माध्यमबाट परीक्षा सञ्चालन गर्न नसकिने स्पष्ट पारे । केही समय ढिला भए पनि भौतिक रूपमा नै परीक्षा सञ्चालन गर्ने योजना बोर्डले बनाएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव एवं प्रवक्ता दीपक शर्माले बोर्डका प्रस्तावमा छलफल गरेर मात्रै निर्णय हुने उल्लेख गर्दै त्यसका लागि केही दिन लाग्न सक्ने जानकारी दिए ।

कक्षा १२ का विद्यार्थीको राष्ट्रिय परीक्षा होम सेन्टरबाटै हुने सम्भावना बढेको छ । कोरोना भाइरसको संक्रमण कम भए पनि पूरै नघटेकाले अर्को विद्यालयमा परीक्षा दिन जान सक्ने अवस्था भने नरहेको सरकारी अधिकारीहरूले बताएका छन् ।


कस्तो लाग्यो ?

यो पनि