बैशाख २१, २०८१, शुक्रबार
               

डिआइजी सहकुलबहादुर थापालाई एआइजी बढुवाको लागि सिफारिस

नेपाल फ्ल्यास
असार १५, २०७८

ADVERTISEMENT

काठमाडौं । नेपाल प्रहरीको जनपद प्रहरी समूहतर्फ प्रहरी नायब महानिरीक्षक (डिआइजी) सहकुलबहादुर थापालाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ ।

गृह मन्त्रालयमा सोमबार बसेको वढुवा समितिको बैठकले डिआइजी थापालाई एआइजीका लागि सिफारिस गरेको हो । समितिले प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उपनियम (४) को प्रावधान अुनुसार थापालाई बढुवा सिफारिस गरेको हो । 

बढुवा समितिमा गृह मन्त्रालयका सचिव अध्यक्ष, प्रहरी महानिरीक्षक सदस्य सचिव र प्रधानमन्त्री कार्यालयका सचिव सदस्य रहने व्यवस्था रहेको छ ।

बढुवा सिफारिस गरिएका थापा हाल नेपाल प्रहरी प्रधान कार्यालय, प्रदेश समन्वय निर्देशनालय, नक्सालमा कार्यरत छन् । एआइजीमा सिफारिस गरिएका थापा भक्तपुर निवासी छन् । 

यो पनि