बैशाख १७, २०८१, सोमबार
               

गण्डकी प्रदेश मुख्य न्यायाधिवक्तामा बाँस्तोला

नेपाल फ्ल्यास
असार १४, २०७८

ADVERTISEMENT

गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्तामा अधिवक्ता रोहितराज बाँस्तोला नियुक्त भएका छन् ।

मुख्यमन्त्रीका सिफारिसमा प्रदेश प्रमुख सीताकुमारी पौडेलले आज उनलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरेकी हुन् । 

पोखराका बाँस्तोला २५ वर्षदेखि कानून व्यवसाय क्षेत्रमा क्रियाशील छन् । उच्च अदालत बार एशोसिएशन पोखराका पूर्वअध्यक्ष  बाँस्तोला  डेमोक्रयाटिक लयर्स एसोसिएसन कास्कीका पूर्वअध्यक्ष हुन ।

मुख्य न्यायाधिवक्ता प्रदेश सरकार र मुख्यमन्त्रीको मुख्य कानूनी सल्लाहकार हो । 


कस्तो लाग्यो ?

यो पनि