बैशाख ०७, २०८१, शुक्रबार
               

सन्दीप लामिछानेले गरे पहिरोपीडितलाई सहयोग

नेपाल फ्ल्यास
असार १४, २०७८

ADVERTISEMENT

सिन्धुपाल्चोक । नेपाली क्रिकेटर सन्दीप लामिछानेले सिन्धुपाल्चोकको लिदी पहिरोपीडितलाई सहयोग गरेका छन् । उनले गत वर्षको पहिरोले विस्थापित भएर बासखर्कमा बसेका पहिरोबाट प्रभावितलाई घर बनाउन आवश्यक सामग्री सहयोग गरेका हुन् ।

आज चौतारा पुगेर सो सहयोग जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी अरुण पोखरेललाई हस्तान्तरण गरेका हुन् । हस्तान्तरण गरिएका सामग्रीमा जस्ता, फलामे ट्रस, पोललगायत छन् । सामग्रीको मूल्य चार लाख रुपैयाँ बराबर रहेको छ ।

प्रमुख जिल्ला अधिकारी पोखरेलका अनुसार विपद् व्यवस्थापन समितिको पहलमार्फत बाह्रबिसे, बासखर्क र भोटेकोसीमा एक सय वटा टहरा बनाउने लक्ष्य अनुसार उक्त सामग्री प्राप्त भएको जानकारी दिए ।

त्यसैगरी लामिछानेको टोलीले मेलम्ची बाढीबाट प्रभावितका लागि मेलम्चीमा स्वास्थ्य शिविर पनि सञ्चालन गरेको थियो ।


कस्तो लाग्यो ?

यो पनि