बैशाख २१, २०८१, शुक्रबार
               

फ्ल्यास सञ्चार प्रालिको अध्यक्षको जिम्मेवारी सम्पादक खड्कालाई

नेपाल फ्ल्यास
असार १४, २०७८

ADVERTISEMENT

नेपाल फ्ल्यास डट कमको प्रकाशन तथा प्रसारण संस्था फ्ल्यास सञ्चार प्रालिको अध्यक्षमा कम्पनीका निर्देशक एवं सम्पादक अर्जुन खड्का नियुक्त भएका छन् ।

फ्ल्यास सञ्चार प्रालिको सञ्चालक समितिको बैठकले खड्कालाई अध्यक्षमा चयन गरेको हो । राजधानी दैनिकदेखि मूलधारको पत्रकारिता गरेका खड्कासँग मिडिया क्षेत्रमा अढाइ दशक लामो अनुभव छ । कान्तिपुर टेलिभिजनमा समाचार संयोजकको भूमिका निर्वाह गरिसकेका खड्काले थाहा खबर डट कममा सम्पादक र प्राइम टाइम्स टेलिभिजन समाचार प्रमुख भएर काम गरिसकेका छन् । 

सञ्चालक समितिको बैठकले निवर्तमान अध्यक्ष चेतन पाण्डेलाई यसबीचमा संस्थामा पुर्‍याएको योगदानप्रति धन्यवाद ज्ञापन गरेको छ । साथै नवनियुक्त अध्यक्ष खड्काको नेतृत्वमा कम्पनीले आगामी दिनमा नयाँ उचाइ लिने विश्वास व्यक्त गरेको छ । कम्पनीले प्रबन्ध सम्पादक एवं निर्देशक ओम बन्धु कार्कीले संस्थालाई गरेको योगदानको पनि उच्च प्रशंसा गरेको छ ।

अध्यक्ष एवं सम्पादक खड्काले आगामी दिनमा 'नेपाल फ्ल्यास डट कम'को आकार र क्षमता विस्तार गर्दै पठनीय सामग्री पस्कने प्रतिबद्धता व्यक्त गरेका छन् ।


कस्तो लाग्यो ?

यो पनि