बैशाख २१, २०८१, शुक्रबार
               

प्रदेश १ को प्रदेशसभा बैठक स्थगित

नेपाल फ्ल्यास
असार १४, २०७८

ADVERTISEMENT

प्रदेश नं १ को आठौँ तथा बजेट अधिवेशनको १४ औँ बैठक आज स्थगित भएको छ। निर्धारित समयअनुसार सञ्चालन हुन लागेको सभामा नेकपा (माओवादी केन्द्र) का सदस्यले उभिएर विरोध जनाएपछि सभामुख प्रदीपकुमार भण्डारीले लगातार आसन ग्रहणका लागि अनुरोध गरेका थिए। 

सदन अवरुद्ध भएपछि आफ्ना कुरा राख्दै प्रदेशसभा सदस्य रामकुमार राईले भौतिक पूर्वाधार विकास मन्त्रालयसँग सम्बन्धित शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफमा सम्बन्धित मन्त्री अम्बिरबाबु गुरुङले अमर्यादित, अशोभनीय र गैरजिम्मेवारीपूर्वक जवाफ दिएकाले उनले सदनमा माफी माग्नुपर्ने धारणा राखे।

सदनमा आर्थिक वर्ष २०७८/७९ का लागि वार्षिक आय–व्ययको बजेट सार्वजनिक भइसकेपछि सरकारले असंवैधानिक तरिकाले बजेट बनाउन नहुने उनले तर्क गरे । प्रदेशसभाको अर्को बैठक मङ्गलबार मध्याह्न साढे १२ बजे बस्ने भएको छ। 


कस्तो लाग्यो ?

यो पनि