बैशाख २३, २०८१, आइतबार
               

कोभिड अस्पतालका चिकित्सक र कर्मचारीमाथि  हातपात

नेपाल फ्ल्यास
असार १३, २०७८

ADVERTISEMENT

दोलखाको तामाकोशी गाउँपालिका-४ मालुमा सञ्चालित मालु कोभिड अस्पतालका चिकित्सक तथा कर्मचारीमाथि गयराति हातपात भएको छ । राति १२ बजे स्थानीय केही युवाले मदिरा सेवन गरेर अस्पताल प्रवेश गरी डा रोविश कार्की र कार्यालय सहयोगी टोपहादुर मिजारलाई हातपात गरेको वडा नं ४ का वडाध्यक्ष होमबहादुर श्रेष्ठले बताए । 

गाउँपालिका अध्यक्ष ईश्वरचन्द्र पोखरेलका अनुसार अस्पताल परिसरमा प्रवेश गरी कोभिडबाहेक अन्य बिरामीको समेत उपचार गर्नका लागि दवाव दिँदै चिकित्सकमाथि हातपात भएको  थियो । बन्द ढोका नाघेर प्रवेश गरेका ती युवालाई अस्पतालमा कोरोनाका बिरामी रहेको कारण भित्र प्रवेश नगर्न भनेको र केही समस्या भएमा आफूले कोभिड बिरामीभन्दा छुट्टै परीक्षण गराउने बताउँदा पनि एक्कासि  आफूमाथि हातपात गरेको डा कार्कीले बताए।

चार युवाले आफूहरुमाथि हातपात गर्न थालेपछि चिकित्सक तथा कर्मचारी भागेर बसेको जनाइएको छ । अभियुक्त तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले मालुका गोपाल तिमिस्सिना, रोशन पोखरेल र विजुले नेपालीलाई नियन्त्रणमा लिएको छ । घटनाका विषयमा अनुसन्धान भइरहेको र कानूननुसार कारवाही गरिने दोलखाका प्रहरी प्रमुख भेषराज रिजालले बताए ।


कस्तो लाग्यो ?

यो पनि