संसद विघटनसम्बन्धी रिटका लागि रिट निवेदक पक्षलाई बहसका लागि दिएको १२ घन्टाको समय सकिएको छ। सोमबारदेखि रिट निदेवनका विपक्षका लागि तोकिएको १२ घन्टाको समय सुरु हुने छ।
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको नेतृत्वमा न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई संलग्न संवैधानिक इजलासमा संसद विघटनसँग सम्बन्धित ३० वटै रिटमाथि सुनुवाइ भइरहेको छ ।
सुनुवाइका क्रममा महान्यायाधिवक्ता रमेश बडालले प्रधानमन्त्री, राष्ट्रपति र सभामुख रिट निवेदनका विपक्षी भए पनि उनले रिट निवेदककै पक्षको गतिविधि गरिरहेकाले आफ्नो पक्षलाई तोकिएको समयभन्दा उनलाई समय दिन नसक्ने जिकिर गरेका छन् ।
आफ्नो पक्षलाई तोकिएको १५ घन्टाबाट सभामुखलाई बढीमा एक घन्टाको समय दिने उल्लेख गरेपछि आइतबारको इजलासबाट न्यायाधीश ईश्वर खतिवडाले ‘इजलासको तर्फबाट सभामुखलाई थप आधा घन्टा दिने’ जानकारी गराएका छन् ।