बैशाख २२, २०८१, शनिबार
               

भक्तपुरमा ग्यास चुहावट हुँदा आगलागी

नेपाल फ्ल्यास
असार १२, २०७८

ADVERTISEMENT

खाना पकाउने ग्यास चुहावट हुँदा चाँगुनारायण नगरपालिका–४ चाँगुस्थित  एकघरमा आगलागी भएको छ । आगलागीबाट स्थानीयवासी दिपक मिजार र सानचरीको नगद ३५ हजारसहित लत्ताकपडा, भाँडावर्तन, खाद्यान्न लगायतका सामान समेत जलेर आज नष्ट भएको प्रहरीले जनाएको छ । 

बागमती प्रदेशसभा सदस्य कृष्णलाल भँडेलसहित नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं १ का क्षेत्रीय सभापति जीवन खत्री, सचिव जनक खत्रीको टोलीले  पीडितलाई नगद पाँच हजारसहित लत्ताकपडा, खाद्यान्न र ग्यासचूलो लगायतको सामग्री सहयोग गरेको थियो । 


कस्तो लाग्यो ?

यो पनि