बैशाख २०, २०८१, बिहीबार
               

देउवाजीकाे आग्रहमा होइन, गठबन्धनद्वारा प्रधानमन्त्रीमा उभ्याइएको : प्रचण्ड

नेपाल फ्ल्यास
असार १२, २०७८

ADVERTISEMENT

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धनकाे आग्रहमा शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा प्रस्तव गरिएकाे बताएका छन् । साथै उनले पाँच दलीय गठबन्धन स्वार्थमा केन्द्रित भएर नबनेको समेत बताए ।

माओवादी अध्यक्ष प्रचण्डले भने-‘केपीपछि शेरबहादुर देउवा प्रधानमन्त्री हुनुहुन्छ । यो सेटिङ गरेर भनेको होइन । देउवाले प्रधानमन्त्री चाहियो भनेर कहिल्यै भन्नुभएन । हामीले गठबन्धन उभ्याएका हौँ । साथ दिन्छौँ भनेर,’ उनले भने ।

उनले थपे-‘मैले संविधान, नियम र कानुनअनुसार सर्वोच्च अदालतले फैसला गर्छ भन्दा प्रचण्डको सेटिङ भने छन्, मेरो सेटिङमा नेपाल चल्ने भएत ? हेर्नुहोला केही दिनमा प्रधानमन्त्री देउवा बन्नुहुन्छ भन्छु, अब उहाँ हुनुभयो भने सेटिङ भन्ने ?’ 


कस्तो लाग्यो ?

यो पनि