जेठ ०२, २०८१, बुधबार
               

अब ४० वर्ष उमेर काटेका एकल पुरुषलाई पनि भत्ता

नेपाल फ्ल्यास
असार १२, २०७८

ADVERTISEMENT

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को बौदीकाली गाउँपालिकाले अब एकल पुरुषलाई मासिक भत्ता दिने भएको छ ।

छैठौं गाउँसभाले पारित गरेको नीति तथा कार्यक्रममा गाउँपालिका भित्रका ४० वर्ष उमेर काटेका एकल पुरुषलाई भत्ता दिने उल्लेख छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीपचन्द्र सुवेदीका अनुसार सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत गाउँपालिकाभित्रका एकल पुरुषलाई भत्ताको व्यवस्था गर्न लागिएको हो ।

कार्यविधि निर्माण गरेर एकल पुरुषलाई मासिक २ हजार रुपैयाँका दरले भत्ता दिइने तयारी गाउँपालिकाको छ । तर अन्य प्रकारका सामाजिक सुरक्षाभत्ता लिएकाहरू यो योजनामा समेटिने छैनन् । गाउँपालिकाभरिमा यस्ता एकल पुरुष ६० जना जति रहेको प्रारम्भिक तथ्याङ्क रहेको प्रमुख प्रशासकीय अधिकृत सुवेदीको भनाइ छ ।

यसैगरी, गाउँपालिकाले ८५ वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई सम्मानस्वरूप वार्षिक रूपमा चाडपर्व खर्च उपलब्ध गराउने भएको छ ।

८५ वर्ष उमेर नाघेकाहरूलाई दशैं खर्च भनेर एकमुष्ट पाँच हजार रुपैयाँ दिने व्यवस्था गरिएको हो ।


कस्तो लाग्यो ?

यो पनि