बैशाख २३, २०८१, आइतबार
               

४ लाख ५९ हजार ९७ जनालाई नि:शुल्क मास्क

नेपाल फ्ल्यास
असार ११, २०७८

ADVERTISEMENT

विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने १ हजार ९१५ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तीमध्ये ६८४ वटा गाडी र १ हजार २३१ वटा मोटरसाइकल रहेका छन् । नियन्त्रणमा लिएका सवारी साधनहरुलाई आवश्यक सोधपुछ पश्चात छोडिने गरिएको छ ।

साथै नयाँ भेरियन्ट सहितको कोभिड-१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा ४४६ जनालाई नि:शुल्क मास्क वितरण गरिएको प्रहरी प्रधान कार्यालयले जनाएकाे छ । कार्यक्रम अन्तर्गत हालसम्म जम्मा ४ लाख ५९ हजार ९७ जनालाई नि:शुल्क मास्क वितरण गरिएको छ ।

कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनद्वारा जारी गरिएको निषेधाज्ञा उल्लंघन गर्ने ९४ जनालाई कोभिड-१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम जम्मा ९ हजार ४०० रुपैयाँ जरिवाना गरिएको छ । सो क्रममा १ हजार ७ सय २३ जनालाई रोकी सम्झाई बुझाई छाडिएको प्रहरीले जनाएकाे छ । 


कस्तो लाग्यो ?

यो पनि