बैशाख २१, २०८१, शुक्रबार
               

निवर्तमानमन्त्री आलेद्वारा ५० हजार उपचार सहयोग

नेपाल फ्ल्यास
असार ११, २०७८

ADVERTISEMENT

निवर्तमान वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले कैलालीका समाजसेवी तथा स्थानीय डिल्लीराज जोशीको उपचारका लागि रु ५० हजार आर्थिक सहयोग गरेका छन् ।

कोराना सङ्क्रमण भएपछि मेडिसिटी अन्तर्राष्ट्रिय अस्पताल ललितपुरमा उपचार गराई रहनु भएका जोशीको थप उपचारका लागि उहाँले  सो रकम प्रदान गर्नुभएको उहाँका स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी दिए ।

आले आज अस्पतालमा पुगेर जोशीका छोरी हिमान्सुलाई आर्थिक सहयोग प्रदान गरे । कोरोना सङ्क्रमणबाट जोशीको अवस्था गम्भीर भएपछि हेलिकप्टरबाट धनगढी लगिएकाे हो । जोशीको स्वास्थ्य अवस्थामा केही सुधार आएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।


कस्तो लाग्यो ?

यो पनि