जेठ ०१, २०८१, मंगलबार
               

शहिद परिवारलाई जीवन निर्वाह भत्ता

नेपाल फ्ल्यास
असार ११, २०७८

ADVERTISEMENT

सोलुखम्बुको थुलुङ दुधकोशी गाउँपालिकाले  शहिद परिवारलाई जीवन निर्वाह भत्ता उपलब्ध गराउने भएको छ । छैटौँ गाउँसभाबाट आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट पारित गर्दै शहिद तथा बेपत्ता परिवारलाई प्राथमीकतामा राखेको गाउँपालिका अध्यक्ष अशिम राईले बताए । 

संघीय लोकतान्त्रीक गणतन्त्र स्थापनाका लागि ज्यान गुमाएका तथा बेपत्ता भएका परिवारलाई मासिक र२ हजार निर्वाह भत्ता उपलब्ध गराउने गाउँपालिकाको नीति तथा कार्यक्रममा समावेश गरिएको छ । आगामी वर्षको लागि ४६ करोड ६२ लाख १६ हजार बढीको बजेट ल्याएको गाउँपालिकाले भूमिहिन सुकुम्बासी परिवारलाई जग्गा समेत उपलब्ध गराउने भएको छ ।

घर निर्माणका लागि घडेरी खरिदमा सहयोग गर्ने गाउँपालिका अध्यक्ष राइले बताए । यस्तै सोही गाउँपालिकामा रहेका माझी समुदायका विद्यार्थीहरुको शैक्षिक उन्नयनका लागि एकमुष्ट वार्षिक ५ हजार प्रोत्साहन भत्ता उपलब्ध गराउने पनि कार्यक्रममा समावेश गरिएको उहाँको भनाइ छ । माझी समुदाय सोलुखुम्बुको थुलुङदुधकोशीको जुबु र मुक्लीमा बसोबास गर्दै आएका छन् ।

यस्तै गाउँपालिकाले शुरु गरेको गौरवको आयोजनाहरु दुधकोशी सामुदायिक अस्पताल, थुलुङ दुधकोशी बहुप्राविधिक शिक्षालय, खेल ग्रामलाई आगामी वर्षको बजेटले प्राथमिकताका साथ समेटेको बताइएको छ ।
 


कस्तो लाग्यो ?

यो पनि