जेठ ०५, २०८१, शनिबार
               

लोकसेवा आयोगको अध्यक्षमा माधवप्रसाद रेग्मी नियुक्त

नेपाल फ्ल्यास
असार १०, २०७८

ADVERTISEMENT

राष्ट्रपति विद्यादेवी भण्डारीले लोकसेवा आयोगको अध्यक्षमा माधवप्रसाद रेग्मीलाई नियुक्त भएका छन् । राष्ट्रपतिले रेग्मीसहित विभिन्न ११ संवैधानिक आयोगमा २० जना पदाधिकारी नियुक्त गरेकी हुन् । लोकसेवा आयोगकै सदस्यहरूमा माधव बेल्वासे, वीरबहादुर राई, दिनेश सिलवाल र मञ्जु कुमारी नियुक्त भएका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्तको रूपमा हरि पौडेल र सुमिना श्रेष्ठ, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा विपिनराज निरौला, महिला आयोगको सदस्यहरूमा जया घिमिरे र सावित्राकुमारी शर्मा, र दलित आयोगमा सुन्दर पुर्कुटी नियुक्त भएको सूचनामा उल्लेख छ।

यस्तै राष्ट्रिय समावेशी अयाोगमा डा. रामकृष्ण तिमल्सेना, पुष्पराज तिमिल्सिना र मानप्रसाद खत्री, आदिवासी जनजाति आयोेगमा सूर्यबहादुर गुरुङ, मधेसी आयोगमा आभाकुमारी, थारु आयोगमा डा. उमाशंकरप्रसाद चौधरी, शान्ति मोदी र मुस्लिम आयोगमा मोहम्मद समशुल हक नियुक्त भएका छन्। 

संवैधानिक आयोगका पदाधिकारीको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिबाट नियुक्त हुने व्यवस्था छ । तर संवैधानिक सुनुवाइविना उनीहरूको  राष्ट्रपति कार्यालयबाट उनीहरूको नियुक्ति भएको हो ।


कस्तो लाग्यो ?

यो पनि