जेठ ०६, २०८१, आइतबार
               

छुवाछुतलाई प्रश्रय दिने मन्त्री श्रेष्ठ पदमा बसिरहन अयोग्य : साझा पार्टी

नेपाल फ्ल्यास
असार १०, २०७८

ADVERTISEMENT

जातीय विभेद तथा छुवाछुतको अभियोगमा अनुसन्धानका लागि प्रहरी नियन्त्रणमा रहेको व्यक्तिलाई जमानतमा छुटाउन संघीय सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गोपालमान पदमा बसिरहन अयोग्य रहेकाे विवेकशिल साझा पार्टीले  जनाएकाे छ । 

शिक्षामन्त्री श्रेष्ठ प्रहरी कार्यालय गएको र जसका कारण अनुसन्धान नै प्रभावित भएको भनी सार्वजनिक विवरणहरूप्रति विवेकशील साझा पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आरोपित व्यक्तिले जातीय विभेद गरे नगरेको निष्पक्ष छानबिनमा सहयोग गर्नुपर्ने मन्त्री कृष्णगोपाल श्रेष्ठ उल्टै झन्डावाल गाडीमा प्रहरीकहाँ पुगेर अनुसन्धान प्रभावित पार्नु कदापि स्वीकार्य नहुने विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएकाे छ- 'राज्यशक्तिकाे दुरुपयोग गर्ने मन्त्री श्रेष्ठ उक्त पद बसिरहन नैतिक रूपमा अयोग्य साबित भइसकेका छन् । काठमाडौंमा घर भाडामा लिने-दिने प्रक्रियामा आफूमाथि जातीय विभेद भएको भनी दिइएको उक्त जाहेरीको गम्भीर र निष्पक्ष छानबिन अघि बढाउन विवेकशील साझा पार्टी सरकारसँग जोडदार माग गरेको छ । कानुनी राज्यमा निर्दाेषले दण्डित हुनु हुँदैन, विभेद गरेको ठहरिए कसैगरी उन्मुक्ति पाउनु हुँदैन ।'

उक्त घटनाको कानुनी निरूपणमा विश्वास गर्न तथा कुनै पनि जात र समुदाय विशेषविरुद्ध विद्वेष फैलाउने गरी अभिव्यक्ति नदिन हामी सबैलाई अपिल गर्दै विवेकशील साझा पार्टी सामाजिक न्याय र समानुभूतीकाे जगमा मात्रै समतामूलक संवृद्धि हासिल हुनेमा दृढ विश्वास राख्ने बताएकाे छ । 


कस्तो लाग्यो ?

यो पनि