जेठ ०५, २०८१, शनिबार
               

आजबाट खुल्यो बन्द भएको अन्तर्राष्ट्रिय हवाई उडान

नेपाल फ्ल्यास
असार १०, २०७८

ADVERTISEMENT

काठमाडौं । कोरोनाको दोस्रो लहर महामारी भएपछि त्यसको जोखिम र संक्रमणको कारण रोकिएको अन्तर्राष्ट्रिय हवाई उडान आजदेखि सुरु भएको छ ।

सरकारले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान खोल्ने निर्णय गरे अनुसार आजदेखि अन्तर्राष्ट्रिय उडान सुरु भएको हो । आगामी असार १७ गतेदेखि आन्तरिक उडान खुल्ने नागरिक उड्ययन प्राधिकरणले जनाएको छ । आज पहिलो दिन दुई वटा मात्रै उडान हुनेछ ।

नेपाल एयरलाइन्सले कतारको दोहाका लागि उडान भर्नेछ भने टर्कीस एयरलाइन्सले इस्तानबुलबाट यात्रु लिएर आउने नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले बताए । जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना गरी अर्को आदेश नभएसम्मका लागि उडान सुरु हुन लागेको हो ।

कुल संख्याको ५० प्रतिशत नबढ्ने गरी उडान भर्न सरकारले दिएको निर्देशन अनुसार नै व्यवस्थान गरिएको प्रवक्ता क्षेत्रीले जानकारी दिए । उडानको मिति तोक्ने जिम्मेवारी मन्त्रिपरिषद बैठकले संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयलाई दिएको थियो । 
 

यो पनि